• ९ असोज २०८३, शुक्रबार
  • १ः३२ दिउँसो

सवा लाख दीप प्रज्ज्वलन गदै चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार १२:३४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्।

National Life

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका छन्। सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका छन् ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले निर्देशनसमेत दिएका छन् । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिएका थिए। मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी रहेको कोषले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया