• ९ असोज २०८३, शुक्रबार
  • ४ः३० बेलुका

मालिकको भित्र उपचार हुँदै थियो, छ दिनसम्म अस्पतालबाहिर कुरिरह्यो कुकुर

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०१:०२

एजेन्सी: कुकुर मानिसको सबैभन्दा मिल्ने साथी हो।

National Life

निस र कुकुरबीचको घनिष्टता देखाउन विभिन्न सिनेमासमेत बनेका छन्। सेना/प्रहरीका हुन् वा सामान्य मानिसका कुकुर सधैँ नै मालिकप्रति बफादार हुन्छन्।

हाची: अ डग्स टेल पनि कुकुर र मालिक बीचको मित्रता देखाइएको सिनेमा हो। जसमा कुकुरले आफ्ना मृत्यु भइसकेका मालिकका लागि नौ वर्षसम्म कुर्‍यो।

Classic Tech Mobile
Classic Tech Desktop

यही सिनेमाको कथाजस्तै टर्कीमा पनि एउटा कुकुरले आफ्ना बिरामी मालिकलाई ६ दिनसम्म अस्पतालबाहिर कुरेको छ।

जनवरी १४ मा सिमल सेन्टर्कलाई ब्रेन इबोलिजम भएपछि एम्बुलेन्समार्फत ट्राबजोनस्थित मेडिकल पार्क अस्पतालमा लगियो। त्यसपछि उनको बनकुक नामक कुकुर आफ्नो अपार्टमेन्टबाट भागेर एम्बुलेन्सको पछिपछि लागेको लाग्यो।

बनकुकले दिनदिनै अस्पताल बाहिर आएर कुर्‍यो। अस्पतालका कर्मचारीले सेन्टर्कको परिवारलाई पनि कुकुर आएर अस्पातलबाहिर कुरेको खबर गरेका थिए।

परिवारले उसलाई घर लगे। बनकुक फेरि भाग्न सफल भयो र सोही अस्पतालको गेट बाहिर कुरेर बस्यो। अस्पतालका निर्देशक कुरत एर्कानका अनुसार सेन्टर्कको अपार्टमेन्ट नजिकै थियो। बनकुकलाई पटक-पटक घरमा ल्याए पनि भागी-भागी अस्पताल पुगिहाल्थ्यो।

‘बनकुकले अस्पतालको गेटसम्म पछ्यायो र मालिक डिस्चार्ज नहुञ्जेल ६ दिनसम्म कुरेर बस्यो,’ एर्कानले भने,’परिवारले बनकुकलाई घर लगे पनि अस्पतालबाहिर दिनदिनै भागेर कुर्न आउँथ्यो।’

सेन्टर्कले झ्यालबाटै बनकुकसँग कुरा गरेर घर पठाउन खोजेका थिए। तर बनकुक घर फर्किन मानेन।

उनको बफादारी देखेर अस्पतालका कर्मचारीहरू हर्षित भएका थिए। एर्कानका अनुसार अस्पतालकै कर्मचारीहरूले बनकुकलाई खाना खुवाएका थिए।

‘बनकुक सेन्टर्कसँग ९ वर्षदेखि छन् र अस्पतालमा बस्दा उनले बनकुकको याद आएको समेत बताएका थिए,’ एर्कानले भने,’डिस्चार्ज भएपछि अस्पताल बाहिर बनकुक र सेन्टर्कको भेट भयो। उसले एकदमै मायालु व्यवहार गरेको थियो र सबै कर्मचारीहरूको माया र स्नेह पायो।’

प्रतिकृया