• ७ असोज २०८३, बुधबार
  • १०ः१८ राती

मुलुकलाई समृद्ध बनाउने अभियानलाई गति दिन ताजा जनादेशका लागि निर्वाचनमा जान परेको: मन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०९:१०

काठमाण्डौँ: सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानलाई गति दिन ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गर्नु परेको बताउनु भएको छ ।

National Life

मन्त्री गुरुङले मुलुकलाई सही बाटोबाट अघि बढाउन पनिप्रतिनिधि सभा विघटन गरी अघि बढनुपर्ने अवस्था आएको उल्लेख गर्दै निरास नहुन कलाकार, पत्रकार, साहित्यकार सबैलाई आह्वान गर्नु भयो ।

“राष्ट्रिय राजनीतिको वर्तमान अवस्थाबाट निरास नहुन म कलाकार, साहित्यकार सबैलाई आग्रहगर्दछुु,” शुभकामना मिडिया प्रालिले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्रीगुरुङले भन्नुभयो, “निर्वाचनपछि मुलुुकले गतिलिनेछ, ताजा जनादेश पछि समृद्ध राष्ट्र निर्माण गर्ने अभियानले तीव्रता पाउनेछ ।”उहाँले नेपाल राष्ट्रलाई विश्व समूदायमाझ चिनाउने प्रयासमा कमी आउन नदिन पनि कलाकार, साहित्यकारहरुलाई पटक पटक आग्रह गर्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र, राष्ट्रियता र मुलुकको समृद्धिका लागि कलाकार, पत्रकार, साहित्यकारहरुले महत्वपूूर्ण योगदान प¥याएको उल्लेख गर्दै मन्त्री गुरुङले उनीहरुलाई राज्यले गर्ने सम्मानमा कमी आउन नदिने प्रतिवद्धता समेत व्यक्तगर्नु भयो ।

मन्त्री गुरुङले देश र जनताप्रति योगदान गर्नेहरुलाई जोकोहीले पनि सम्मान गर्ने स्मरण गराउनु भयो । कार्यक्रममा गीतकार उन्नति बोहरा शीलालाई ‘लाईफटाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो ।

प्रतिकृया