• ७ असोज २०८३, बुधबार
  • ९ः३२ राती

माधव नेपालले तेल खाएनन्‌, तर कोल चाटे’ : सूर्य थापा

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ११:०४

काठमाण्डौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि सामाजिक सञ्जालबाट कडा कटाक्ष गरेका छन् ।

National Life

थापाले माधव नेपालप्रति इंगित गर्दै एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नमानेको दावी गर्दै ‘तेल दिँदा नखाएको, तर कोल चाटेको’ भन्दै व्यंग्य गरेका छन् ।

पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति –
अहिले कार्की बैंक्वेटमा आयाेजित प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा –
बुद्धिले अरूलाई खा,
रिसले आफूलाई खा
भनेकाे यस्तै भएर हाेला !
एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले मानेन,
तेल दिँदा नखाने काेल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।
मजाक –
उधारो हुन्न, हाताहाती चाहिन्छ,
पेरिसडाँडामा कुखुरी काँ ?
सल्लाहाकार थापाले अध्यक्ष नेपालको फोटो पेष्ट गदै सामाजीक संजालमा यस्तो लेखेका हुन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया