• १० असोज २०८३, शनिबार
  • ८ः५२ राती

सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा बीचमा बसेकाको मृत्यु, दुई घाइते

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार १०:४४

काठमाडौं: सप्तरीको बोदेबरसाइन नगरपालिका-२ विष्णुपुरमा तीन जना चढेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

National Life

दुर्घटनामा दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरी छन्। उनी मोटरसाइकलको बीचमा बसेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

विष्णुपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश न.२-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।

उनका अनुसार दुर्घटनामा चालक २७ वर्षीय सनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरी घाइते छन्। तिनै जना सख्त घाइते भएकोमा उपचारको युनिक अस्पताल रुपनीमा लगिएकोमा सुदीपको मृत्यु भएको थियो।

 

घाइते रहेका सनि र दिवेशको दुबैको युनिक अस्पतालमा उपचार भइरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ।

प्रतिकृया