• ९ असोज २०८३, शुक्रबार
  • ९ः५५ राती

कावासोतीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार १०:५१

कावासोती:नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

National Life

मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया