• ९ असोज २०८३, शुक्रबार
  • ५ः२४ बेलुका

सिरम इन्ष्टिच्युटमा लागेको आगोमा ‘एक हजार करोड’ को क्षती

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार १०:२८

एजेन्सी: भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई)मा लागेको आगोमा ‘एक हजार करोड’ भारतीय रुपैयाँ बराबरको क्षति भएको छ ।

National Life

कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भीषण आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

कम्पनीका कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका छन्।तर कोरोनाविरुद्ध खोपको आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले प्रष्ट पारेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीका सीईओ पुनावालाले भनेका छन्, ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन। हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौँ ।’

यसैबीच सीईओ पुनावालाका पिता एवं कम्पनीका सीएमडी सायरस पुनावालाले आगालगीमा परी मृत्यु भएका पाँच जनाको परिवारका परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्ध कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ ।तस्वीर : रोयटर्स

 

प्रतिकृया