• ११ असोज २०८३, आइतबार
  • २ः३५ दिउँसो

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा गुजरातमा कम्तिमा १३ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०८:४४

एजेन्सी,भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

National Life

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ।

प्रतिकृया