• १ असोज २०८३, बिहीबार
  • १ः५२ राती

एशियाली पर्यटक ल्याउने रणनीतिमा होटेल व्यवसायी

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०८:१४

काठमाडौं- कोरोना भाइरसले सृजित समस्याका कारण सबैभन्दा बढी प्रभावित मुलुकको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन होटेल व्यवसायीहरू लागिपरेका छन् ।

National Life

आन्तरिक पर्यटनमा केही सुधार देखिए पनि बाह्य पर्यटक आगमन नहुँदा सुस्ताएको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन उनीहरूले एशियाली देशका पर्यटकलाई नेपाल ल्याउन विशेष प्याकेज तथा मार्केटिङ रणनीति बनाउन थालेका हुन् ।

अध्यागमन विभागका अनुसार कोरोना भाइरसको प्रभावकै बीच भारत, चीन, थाइल्यान्ड र म्यान्माबाट आउने पर्यटकको संख्या धेरै छ । सन् २०२० मा अत्यन्त न्यून २ लाख ३० हजार पर्यटक मात्र नेपाल आएका छन् । सन् २०१९ मा नेपाल आउने पर्यटकको संख्या भने ११ लाख ९७ हजार थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

होटेल व्यवसाय सञ्चालन गर्नैपर्ने भएकाले व्यवसायीहरू छुट्टै रणनीति बनाएर मार्केटिङ गर्ने तयारीमा रहेको होटेल एशोसिएशन नेपाल हान का महासचिव साजन शाक्यले बताए ।

यूरोप तथा अमेरिकालगायत देशबाट अहिले पर्यटक आइहाल्ने अवस्था नभएपछि चीन, भारत, श्रीलंका, सिङ्गापुर, भियतनाम, थाइल्यान्डलगायत देशबाट पर्यटक ल्याउन आवश्यक तयारी गरिएको शाक्यको भनाइ छ ।

नेपाल आउने बौद्ध पर्यटक पनि धेरै भएकाले त्यस्ता देशमा मार्केटिङ तथा केही छूटका प्याकेजहरू ल्याउने तयारी गरिएको उनले बताए । अहिले होटेलको अवस्था दयनीय रहेको छ ।

होटेलहरू खुले पनि पर्यटक नआएकाले काठमाडौंका होटेलहरूको अकुपेन्सी दर नै उल्लेख्य रूपमा खस्किएको छ । होटेल खोले पनि खर्च व्यवस्थापन गर्न होटेल सञ्चालकलाई निकै धौधौ भएको शाक्य बताउँछन् ।

अन्य पर्यटकीय स्थानहरूमा आन्तरिक पर्यटकले व्यवसायलाई उत्साह दिए पनि पर्याप्त भने नभएको होटेल व्यवसायीको भनाइ छ ।

शून्य प्रायः रहेको समग्र हस्पिटालिटी व्यवसायलाई सकारात्मक प्रभाव पारे पनि काठमाडौंका होटेल व्यवसायमा भने सकारात्मक अवस्था नदेखिएको उनीहरूको गुनसो रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

 

प्रतिकृया