• १ असोज २०८३, बिहीबार
  • ३ः२१ राती

मदन भण्डारी राजमार्ग डडेल्धुराको रुपालसम्म जोडिने

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०८:२०

काठमाडौं- तराईको समथर भूभागभन्दा माथिबाट चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम जोड्ने वैकल्पिक राजमार्गका रूपमा मदन भण्डारी राजमार्गको निर्माण द्रुत गतिमा भइरहेको छ । कतिपय स्थानमा कालोपत्रे नै भइसकेको छ भने कतिपय स्थानमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार हुँदै छ ।

National Life

यो राजमार्गले कतिपय स्थानमा नयाँ मार्ग खोल्ने छ भने कतिपय पहिल्यैदेखि कायम रहेका मार्गलाई विस्तारित रूपमा जोड्ने छ । मदन भण्डारी राजमार्ग नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिमी सीमा महाकाली नदीसम्म फैलिने छ ।

यस राजमार्गको कुल लम्बाइ एक हजार २५० किलोमिटर रहने अनुमान गरिएको छ । यसमध्ये ४६५ किलोमिटर सडक विभागकै अन्य आयोजना र सडक डिभिजन कार्यालयहरूबाट निर्माण भइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई वर्षअघि २०७५ जेठ ८ गते नेपाल सरकारले स्वीकृत गरेको यो राजमार्गको धरान–हेटौँडा खण्ड चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ । कुल २५० किलोमिटरको यो खण्डमा ८० वटा पुल निर्माण सम्पन्न भइसकेको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी बाँकी १८ वटा पुल निर्माणका लागि सम्झौता भइसकेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले जानकारी दिए।

दाङ क्षेत्रलगायत विभिन्न भागका खण्ड–खण्डमा पनि सडक स्तरोन्नति र कालोपत्रे काम धमाधम भइरहेको छ । अन्य भागमा विभिन्न चरणको काम भइरहेको छ । यस राजमार्गको सम्पूर्ण भागको रेखाङ्कन तय भइसकेको छ । आगामी २०८२ सालसम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

यो राजमार्गको पूर्वी बिन्दु झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुनडाँगी रहेको छ । त्यहाँबाट आरम्भ भई राजमार्गको अन्तिम पश्चिम बिन्दु डडेलधुराको रुपाल रहेको छ ।

झापाको बाहुनडाँगीबाट सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्यूठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडार हुँदै डडलेधुराको रुपालसम्म जोडिने छ । गोरखापत्र दैनिकबाट

 

प्रतिकृया