• ११ असोज २०८३, आइतबार
  • ११ः३५ बिहान

मुलुकलाई संकटबाट निकास दिन नयाँ निर्वाचन: मन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०६:१४

काठमाडौंः सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नु परेको बताएका छन् ।

National Life

मन्त्री गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पारे।

नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने,“जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भएनभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।

 

प्रतिकृया