• १० असोज २०८३, शनिबार
  • ७ः३५ बेलुका

नासुका लागि लोक सेवाले  चार सय बढी आवेदन खुलायो

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०८:३९

काठमाण्डौ: लोक सेवा आयोगले चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ।

National Life

आज गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको छ।

लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि योग्यता पुगेकाहरूबाट दरखास्त मागेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दरखास्त आयोगको वेवसाइट  https://psc.gov.np/ बाट भर्न सकिने आयोगले जानकारी दिएको छ।

न्याय, प्रशासनतर्फ आयोगले आवेदन खुला गरेको छ। दरखास्त माघ २० गतेसम्म भरिसक्नु पर्नेछ।

आयोगका काठमाडौंलगायत देशभरका सातै कार्यालयबाट दरखास्त दिन सकिन्छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन्।

प्रतिकृया