इन्जिनियरलाई चाहिने १० महत्वपूर्ण औजार
प्रकाशित मिति
२०७७ पुष २९ गते, बुधबार ०८:५९
कुनै पनि औजर तथा उपकरण अर्थात सामग्रीबिना इन्जिनियरले काम गर्न सक्दैनन् । त्यसैले हरेक इन्जिनियरको हातमा हुनुपर्ने महत्वपूर्ण १० औजारबारे यहाँ हामीले जानकारी दिँदैछौँ । यद्यपि एक इन्जिनियरसँग यीबाहेक अन्य थुप्रै औजार हुनु आवश्यक भने छ ।
१. रेन्च
इन्जिनियरका लागि सबैभन्दा महत्वपूर्ण औजार हो, रेन्ची । नट–बोल्ट एवम् ग्रीपको काम गर्दा प्रयोग गरिने रेन्चहरु विभिन्न आकारप्रकारका हुन्छन् । त्यसैले इन्जिनियरसँग रेन्चको कलेक्सन हुन जरुरी हुन्छ ।
२. ज्याक
सामान उठाउनका लागि ज्याक सबैभन्दा बढी प्रयोगमा आउने औजार हो । ड्राइभमा निस्केको बेला आफ्नो गाडि खराब हुदाँ ज्याक आवश्यक हुन्छ । इन्जिनियरका लागि ज्याक अन्य प्रयोजनमा पनि निकै महत्वपूर्ण मानिन्छ । यसका हाइड्रोलिक फ्लोर ज्याक, सिजर ज्याक, बोटल/पिस्टोनलगायत ज्याकका प्रकार हुन्छन् । आफ्नो आवश्यकताअनुसार इन्जिनियरले बजारमा उपलब्ध ज्याक किन्न सक्छन् ।
Laxmi Clearing
३. टुलबक्स
टुलबक्स आफ्ना औजार बोक्नका लागि चाहिने सामान हो । इन्जिनियरले आफूलाई चाहिने सानातिना औजार टुलबक्समा राखेर बोक्न सक्छन् । यात्रा गर्दा ट्राभलरले बोक्ने ‘फस्ट एड किट’जस्तै एउटा इन्जिनिरका लागि टुलबक्स नभइ नहुने सामग्री हो ।
४. ‘अ गुड ट्रस्टी स’
काठ, ढुंगालगायत विभिन्न कुरा काट्नका लागि प्रयोग गरिने औजार हो, ‘अ गुड ट्रस्टी स’ । टुथ्ड ब्लेड र डिस्कलगायत यो औजार विभिन्न आकार–प्रकारको हुन्छ ।
५. जम्पर केबल्स
गाडिको ब्याट्रिमा खराबी आएर गाडि नचलेको अवस्थामा काम लाग्ने महत्वपूर्ण औजार हो, जम्पर केबल्स/बुस्टर केबल्स । यस्तो अवस्थामा अटोमोबाइल इन्जिनियरसँग जम्पर केबल हुन आवश्यक छ ।
६. टर्च
इन्जिनियरका लागि अर्को महत्वपूर्ण औजार हो, गुणस्तरिय टर्च । कतै प्रकाश फाल्नुपर्दा यसको विपशेष महत्व हुन्छ । किन कि इन्जिनियरले कहाँ र कस्तो अवस्थामा काम गर्नुपर्छ भन्ने एकीन हुँदैन । त्यसैले, एउटा इन्जिनियरलाई टर्चको आवश्यकता जतिबेला पनि पर्न सक्छ । त्यसैले हरेक इन्जिनियरसँग गुणस्तरिय टर्च हुन जरुरी छ ।
७. प्लायर्स (पेन्चिस)
प्लायर्स हरेक इन्जिनियरका लागि नभइनहुने औजार हो । सामान्य आकारप्रकारमा पाइने प्लायर्स विभिन्न कार्यको लागि प्रयोग गरिन्छ । कुनै पनि वस्तु ग्रीप गर्न, तन्काउन, खुम्चाउन, बङगाउन प्लायर्स प्रयोग गरिन्छ । त्यसैले, इन्जिनियरले आफ्नो आवश्यकता एवम् चाहनाअनुसार आफूसँग प्लायर्स राख्न जरुरी हुन्छ ।
८. आईग्लास
ड्रिलिङ, ह्यामरिङ, कटिङलगायत फलामसँग काम गर्दा आगोको झिल्का निस्कन्छ । यस्ता कार्यमा व्यस्त रहने इन्जिनियरको आँखामा समस्या आउन सक्छ । त्यसैले आफ्नो आँखाको सुरक्षाका लागि इन्जिनियरले आफूसँग गुणस्तरिय आईग्लास राख्नुपर्छ र काम गर्दा लगाउनुपर्छ ।
९. ह्यामर र चिजल
ह्यामर परम्परागत औजार भए पनि धेरै कार्यका लागि प्रयोजनमा आउँछ । यदि कुनै पनि वस्तु फोड्नु ÷टुक्राउनु या जोड्नु पर्ने छ भने सबैभन्दा बढी आवश्यकता ह्यामरको हुन्छ । ह्यामरजस्तै अर्को औजार हो, चिजल । पातलो अकारको काठ एवम् धातुजन्य वस्तु काट्न या एउटै साइजमा ल्याउनका लागि चिजल प्रयोग गरिन्छ । त्यसैले हरेक इन्जिनियरसँग ह्यामर र चिजल हुन जरुरी छ ।
१०. टेप मेजर
भनिन्छ, दुई पटक नापेर एकपटक काट्नु । कुनै पनि कुराको मापन गर्न टेप मेजर महत्वपूर्ण मानिन्छ । त्यसैले टेप मेजर इन्जिनिरको गोजिमा नभइनहुने औजार हो ।
फिल्डमा खटिने हरेक इन्जिनियरका लागि माथिका १० बाहके डस्क मास्क, इयर मफ्स/इयर प्लग, पावर÷डिसेन्ट ड्रिल, भाइजेज, चक्कु, क्यालिपर्स आदि नभई नहुने महत्वपूर्ण सामग्री हुन् ।







प्रतिकृया