• १८:५५ २०८० चैत्र १६ गते
  • 6:55 pm

एफए कपको चौथो चरणको तालिका सार्वजनिक, म्यानचेस्टर र लिभरपुल भिड्ने

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ११:५७

united vs liverpool

एजेन्सी- एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ ।

इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार म्यानचेस्टर युनाईटेड र लिभरपुल चौथो चरणमै आमनेसामने हुने भएका छन् ।

साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ ।

यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ । लेष्टर सिटीले ब्रेन्टफोर्ड, एभर्टनले सेफिल्ड वेनस्डे, वेस्ट ह्यामले डनकास्टर, ब्राइटनले ब्लाकपुल र फुलहमले बर्नलीसँग खेल्नेछ ।

ब्रिस्टोलले मिल्वाल, उल्भ्सले चोर्ले, नर्स्वीचले बर्न्सली र बर्नेमाउथले क्रली टाउनसँग खेल्नेछ । एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ ।

प्रतिकृया