• ८ असोज २०८३, बिहीबार
  • १२ः३८ राती

‘एउटा यस्तो प्रेम कहानी’ सार्वजनिक (भिडियो)

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०१:३१

काठमाडौं : फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

National Life

मंगलवार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा फिल्मको गीत सार्वजनिक गरियो । गीतको भिडियोमा कविता मानन्धर र शक्ति श्रेष्ठको शीर्ष भूमिका छ ।

कविता अभिनेत्री करिष्मा मानन्धरकी छोरी हुन् भने शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यी दुईले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका हुन् ।

साथै फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुसाल, शिव श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

दिनेश सापकोटाको निर्देशनमा तयार भएको यो फिल्म माघ १ गतेदेखि प्रदर्शन गरिने फिल्म टिमले जनाएको छ ।

शीर्ष गीतमा सुष्मा रुपाबाङ राईले लेखेकी हुन् भने वसन्त सापकोटाले संगीत निर्देशन गरेका हुन् ।

यस्तै गीतमा रिकेश गुरुङको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ छ । साथै गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर सुन्न सकिन्छ ।

https://youtu.be/vA-sa3pdT3w

 

प्रतिकृया