• ७ असोज २०८३, बुधबार
  • ११ः५५ राती

प्रधानसेनापति थापाद्वारा ‘प्रधानसेनापति ट्रफि’ प्रतियोगिताको उद्घाटन, माघ २ गतेबाट सुरु

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०१:१७

काठमाण्डु : प्रधानसेनापति पूर्णचन्द्र थापाले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । जंगी अड्डास्थित खेल मैदानमा बुधबार आज एक समारोहबीच प्रधानसेनापति थापाले ‘प्रधानसेनापति ट्रफि–२०७७’ को उद्घाटन गरेका हुन् ।

National Life

उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।

२०७७ माघ ०२ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको पृतनाहरुको ८, मद्दती बाहिनीहरुको ५, विशेष फौज वाहिनीको १ र फुटबल खेलमा विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको १ गरी जम्मा १५ वटा टिमहरुको सहभागीता रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु भद्रकाली स्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनी स्थित जगदल गण तथा लगनखेल स्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछन् ।

उक्त समुद्‍घाटन कार्यक्रममा पूर्वप्रधानसेनापतिहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकृतहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका अधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारामा आधारित रहेर नेपाली सेना भित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट शुरु भएको ‘प्रधानसेनापति ट्रफि’ नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिकृया