चोरीका मोटरसाईकल चलाउने धादिङका २ युवक पक्राउ
प्रकाशित मिति
२०७७ पुष २३ गते, बिहीबार ०९:४९
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरीरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
जिल्ला धादिङ्ग निलकण्ठ नगरपालिका–९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङ्ले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाईकल मिति २०७६/०९/२६ गते अं १९ः३० बजेको समयमा काठमाडौं सोह्रखुट्टे स्थित सडक खण्डबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका-९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निबेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।








प्रतिकृया