• ११ असोज २०८३, आइतबार
  • १२ः०० राती

ट्रम्प समर्थकले संसद भवनमा गरेको हिंसाको विश्वभरिका नेताद्वारा भत्सर्ना

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०९:३६

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार संसद भवनमा गरेको हिंसाको विश्वभरिका नेताहरूले भत्सर्ना गरेका छन्।

National Life

नोभेम्बर ३ को निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमा प्रवेश गरेका थिए। उनीहरूले भित्र तोडफोड गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ।

सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले क्यापिटोल बिल्डङमा गरेको हिंसाको विश्वभरिबाट भत्सर्ना भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले छिमेकी मुलुक अमेरिकाको प्रजातन्त्रमाथि भएको हमलाले क्यानडेली निकै दु:खी र निराश बनाएको बताएका छन्।

उनले हिंसाले जनताको भावनालाई कहिल्यै पनि जित्न नसक्ने बताएका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी कंग्रेसमा देखिएको दृश्य लज्जास्पद भएको बताएका छन्।

‘अमेरिका संसारभरि लोकतन्त्रका पक्षमा उभिएको छ र अहिले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण कुरा हो,’ उनले भनेका छन्।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि हिंसाको निन्दा गर्दै अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्ने बताएका छन्।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले आफूले पनि क्यापिटोल बिल्डिङमा भइरहेको घटना हेरेको उल्लेख गरेकी छन्।

‘प्रजातन्त्रको जित हुनेछ भन्नेमा मलाई कुनै शंका छैन,’ उनले लेखेकी छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले वासिङ्टनबाट आइरहेका समाचार ध्यान दिएर पछ्याइरहेको उल्लेख गर्दै अमेरिकी प्रजातन्त्रको शक्तिमा आफूलाई भरोसा रहेको बताएका छन्।

‘राष्ट्रपति बाइडेनले तनावको अवस्थाबाट अघि बढेर अमेरिकीलाई एकतावद्ध बनाउने छन्,’ उनले भनेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टनमा हिंसाका समाचारले विक्षिप्त भएको उल्लेख गर्दै गैरकानुनी प्रदर्शनको दबाबमा प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न नहुने बताएका छन्।

जर्मनीका विदेश मन्त्री हेइको मासले यसअघि ट्रम्पले शब्दमा व्यक्त गर्ने आक्रोश हिंसात्मक कदममा परिणत भएको उल्लेख गर्दै निर्वाचनको परिणामलाई सम्मान गर्न ट्रम्प र उनका समर्थकलाई आग्रह गरेका छन्।

फ्रान्सका विदेश मन्त्री जिन यभ्स ले ड्रियनले अमेरिकी संस्थामाथिको आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको आक्रमण भएको बताएका छन्। ‘म यसको निन्दा गर्छु। अमेरिकी मत र भावनाको सम्मान हुनुपर्छ,’ उनले भनेका छन्।

प्रतिकृया