• १० असोज २०८३, शनिबार
  • ११ः३० राती

भीम रावललाई नेकपा ओली समूहको कारबाही

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०९:२६

काठमाडौँ, नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्।

National Life

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिस गरिएको हो ।

‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ थापाले फेसबुकमा लेखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै प्रदेश कमिटी विस्तार भएको छ। प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको हो ।

सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ।

‘पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्नु हुने भएकोमा उक्त कार्यक्रमलाई सानदार रूपमा सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन्।

प्रतिकृया