• ९ असोज २०८३, शुक्रबार
  • २ः५९ दिउँसो

लिग लिडर एसी मिलान युभेन्ट्ससँग पराजित

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०८:३६

एजेन्सी, इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर एसी मिलान साविक विजेता युभेन्ट्ससँग पराजित भएको छ ।

National Life

बुधबार राति भएको खेलमा युभेन्ट्सले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानको मैदानमा फेड्रिको चिसाले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित निकालेको हो । खेलको १८औँ मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

Classic Tech Mobile
Classic Tech Desktop

४१औँ मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए । ६२औँ मिनेटमा फेड्रिकोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

७६औँ मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १५ खेलमा ३० अंक जोडेको छ । १६ खेलमा ३७ अंक जोडेको मिलान हारपछि पनि शीर्ष स्थानमा कायम छ ।

प्रतिकृया