• ११ असोज २०८३, आइतबार
  • ११ः०५ बिहान

पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार ०४:३०

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

२४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया