• ९ असोज २०८३, शुक्रबार
  • ४ः०४ बेलुका

चन्द्रप्रसाद ढकाल सम्मानित

प्रकाशित मिति

२०७७ पुष २० गते, सोमबार ०६:५३

बागलुङः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् ।

National Life

सोमबार बागलुङ जिल्लाका विभिन्न संघ संस्थाले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुगेका ढकाललाई स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् ।

बागलुङ जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वस्ती वाचनसहित सम्मान गरेको थियो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्षचन्द्र ढकाललाई बैंकर्स बागलुङले सम्मान गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष मानिर्वाचित भएपछि उपाध्यक्ष ढकाल पहिलोपटक गृह जिल्ला बागलुङ पुगेका हुन् ।

उक्त अवसरमा बागलुङ आसपासमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले सम्मान कार्यक्रमको आयोजना गरी स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिने गरी लगानी गर्न आइएमई ग्रुपका अध्यक्ष समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकाललाई स्थानीयहरूले अनुरोध गरेका थिए ।

 

प्रतिकृया