• ८ असोज २०८३, बिहीबार
  • ४ः१२ बिहान

पाँचौं निर्यात दिवस भब्यताका साथ मनाईंदै

प्रकाशित मिति

२०७७ पुष २० गते, सोमबार ०६:४७

काठमाडौंः नेपाल निर्यात परिषद्ले पाँचौं निर्यात दिवस मनाउने भएको छ ।

National Life

सोमबार पत्रकार सम्मेलन आयोजना गरी परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार’ भन्ने नाराका साथ परिषद्ले पुष २२ गते पाँचौं निर्यात दिवस–२०७७ मनाउन लागेको जानकारी गराएका हुन् ।

नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्धनको निमित्त प्रतिष्पर्धी बनाई निकासी अभिवृद्धि गर्न उद्योगी व्यवसायीहरुलाई प्रेरित गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष निर्यात दिवस मनाउँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्कीका अनुसार आयातमुखी बजारलाई निर्यातमुखी बनाउन, सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गर्न, निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले पनि निर्यात दिवस मनाउने गरिन्छ ।

निर्यात दिवसको अवसरमा कोभिड–१९ ले नेपाली निर्यातजन्य वस्तुहरुमा पुर्याएको असर, समस्या समाधानका उपायहरु लगायत वस्तुको प्रवर्धन र विकासका लागि अपनाउनु पर्ने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीतिहरु सम्बन्धमा उद्यमी व्यवसायीहरुलाई जानकारी दिने समेत परिषद्ले गरेको छ ।

प्रतिकृया