• ३ असोज २०८३, शनिबार
  • ११ः३८ बिहान

यस्ता छन्, मन्त्रिपरिषदको बैठकले गरेका १७ निर्णयः (निर्णयसहित)

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०६:२३

काठमाडौँ: सरकारले पुष १० गते र पुष १५ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक भएको छ ।

National Life

.शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्बत गुरुङले सरकारक निर्णयहरु सार्बजनिक गरेका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु:

Classic Tech Mobile
Classic Tech Desktop

क्षा मन्त्रालय प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट वरपर रहेका ३५ वटा घर र करीब ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ट सामान्य प्रशासन  श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने निर्णय भएको छ ।

झापा, गौरादह नगरपालिका वडा नं. ५ बस्ने गोपाल खनाललाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा २ वर्षको लागि पुनः नियुक्ति गर्ने उल्लेख छ ।

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर स्वीकृत गर्ने उल्लेख छ ।

त्यस्तै सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग नियमावली, २०७७ स्वीकृत गरेको छ ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर १५६ मिलियन वरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजना, चितवनको निम्ति आर्थिक वर्ष २०७७/७८ को लागि राजपत्रांकित ४ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भनिएको छ ।

रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी थप ११ जिल्लामा बालपोषण संरक्षण अनुदान कार्यक्रम विस्तार गर्न स्वीकृति प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभामा आव २०७७/७८ माघदेखि आव २०८०/८१ पुस मसान्तसम्मको लागि परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव १ अस्थायी दरबन्दी सिर्जना गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

इएमआरटीडीका भित्री पानाहरूमा राख्ने तस्विरहरू स्वीकृत गरेको छ । सगरमाथा शिखरको उचाइ ८८४८.८६ मिटर भएको सूचना नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ ।

राम शान्तिकुञ्ज अनाथ महिला सेवा आश्रम, वराह नगरपालिका-०९, सुनसरीको भवन निर्माण तथा आश्रम सञ्चालनका लागि दुई करोड ५७ लाख  अनुदान उपलब्ध गराउने उल्लेख छ ।

नेपाली सेनालाई लजिष्टिक बेस निर्माण/विस्तार गर्नका लागि बाँके जिल्लाको कोहलपुर न.पा.-२ कौशिलानगरमा रहेको बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्रको मयूर मध्यवर्ती र जनएकता मध्यवर्ती सामुदायिक बनमा रहेका खयर, बबुल र सिसौ लगायतका विभिन्न प्रजातिका थप कूलजम्मा २४३ वटा रुखहरु हटाउन स्वीकृति दिने उल्लेख छ ।

नेपाली सेनालाई ब्यारेक निर्माण/विस्तारका लागि रुपन्देही जिल्लाको सैनामैना ब्यारेकभित्र रहेका साल लगायतका प्रजातिका कूलजम्मा ३६ वटा रुखहरु हटाउन स्वीकृति दिने समेत निर्णय भएको छ । उद्योग, वाणिज्य तथा प्राइभेट फर्म रजिष्ट्रेशन (तेह्रौं संशोधन) नियमावली, २०७७ स्वीकृत गरेको छ ।

संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने वा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउनेसम्बन्धी कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको मिति पुस ७ को निर्णय अनुमोदन गरेको छ ।

प्रतिकृया