• ११ असोज २०८३, आइतबार
  • १ः०५ दिउँसो

हत्केला चिलायो भने पैसा पाइन्छ भनेर मख्ख नपर्नुहोस्, हुनसक्छ यस्तो समस्या

प्रकाशित मिति

२०७७ पुष ८ गते, बुधबार ०९:४३

हाम्रो समाजमा हत्केला चिलाउँदा पैसा आउन तथा जाने कुरा निकै सुनिने गरिन्छ। तर हत्केला पैसा आउन र जानलाई भने चिलाउने हैन्। हत्केला चिलाउने अरु कारणहरु पनि छन् । आज हामी हत्केला चिलाउने कारणका कारेमा चर्चा गर्दैछौँ ।

National Life

यस्ता छन् हत्केला चिलाउने कारण

कोषहरु बृद्धि

Classic Tech Mobile
Classic Tech Desktop

छालाको कोषहरु तिब्र बृद्धि भएमा पनि हत्केला चिलाउने गर्दछ । कोषहरु छालाको सतहमा जम्मा भएपछि यस्तो हुन्छ। छालालाई मानिसले आफैँ कन्याउँदा पनि यस्तो समस्या आउँछ।

झिंगाको संक्रमण
झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ।

खाने कुराको एलर्जी
खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी गयोभने त्यसको असर हत्केलामा पनि देखिन्छ ।मानिसलाई फरकफरक खानेकुराले एलर्जी गर्ने गरेको हुन्छ । केही मानिसलाई अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि एलर्जी गराउँछ।

नाडी तथा हातमा हुने पीडा
नाडी तथा हातमा कुनै चोटपटक लाग्यो भने हात र औँलामा पीडा हुन्छ । जसले गर्दा हत्केला पनि चिलाउने गर्दछ । धेरै लेख्दा, टाइप गर्दा तथा हात र औँलाको बढी प्रयोग गर्दा पनि हत्केला चिलाउने गर्दछ।

छालामा समस्या
मानिस कसैको छालामा नै समस्या छ भने पनि हत्केला चिलाउने गर्दछ । छालासम्बन्धि लाग्ने विभिन्न रोगहरुको कारण पनि हातको हत्केला चिलाउछ ।

प्रतिकृया