• १२ असोज २०८३, सोमबार
  • ८ः०५ बिहान

उपत्यकाका १८ पेट्रोल पम्प हटाइँदै

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०७:५१

काठमाडौं, ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका दुईवटा स्कुटर जले। प्रहरी र दमकल छिटो पुगेका कारण क्षति कम भयो। घर, बिजुलीका तार र वर्कसप पम्पमा जोडिएका कारणले ठूलो क्षति हुने अनुमान गरे पनि समयमै दमकल पुग्दा ठूलो क्षति हुन पाएन। ग्वार्कोको उज्ज्वल पेट्रोल पम्प मात्रै होइन, उपत्यकाका १८ वटा पेट्रोल पम्प अति जोखिमपूर्ण ठाउँमा छन्।

National Life

मानव बस्ती र पम्पबीचको दूरी नजिक हुँदा जोखिम बढेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले घना बस्तीका बीचमा रहेका पेट्रोलियम पदार्थजन्य पम्प र सवारीले जोखिम बढाएको बताए। उनले सानो कमजोरीबाट ठूलो क्षति हुने हुँदा पूर्वसावधानी अपनाउनु नै बेस हुने जानकारी दिए। ‘ललितपुर क्षेत्रमा बनेका पम्पहरू पनि उत्तिकै जोखिम छन्, अति प्रज्वलनशील पदार्थ भएकाले घर र पम्पको दूरी केही पर हुनुपर्छ, नत्र ठूलो क्षतिको सामना गर्नुपर्ने बाध्यता हुन सक्छ।’ उनले पम्पहरूलाई व्यवस्थित गर्न सरकारले उचित मापदण्ड बनाएर व्यवस्थि र सुरक्षित गराउनुपर्ने बताए।

जोखिममा रहेका १८ वटा पम्प सार्न नेपाल आयल निगमले पम्प सञ्चालकलाई दुईपटक परिपत्र गरिसकेको छ तर अझै सारिएको छैन। एक वर्षअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि उपत्यकाका १८ स्थानका पेट्रोलपम्प हटाउन निगमलाई पत्राचार गरेको थियो। निगमले दुईपटकसम्म पत्राचार गर्दा पनि करोडौं लगानी डुब्ने भन्दै व्यवसायीले त्यसलाई बेवास्ता गर्दै आइरहेका छन्। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अति जोखिमयुक्त पम्प हटाउन लिखित र मौलिक निर्देशन दिइसकिएको दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले निगमले यो वर्ष वार्षिक नीति तथा कार्यक्रममै १८ वटा पम्पलाई अन्यन्त्रै सार्ने योजना बनाएकाले असारसम्म ती पम्प सारिसकिने बताए। उनले भने, ‘अति नै जोखिम अवस्थालाई ध्यानमा राखेर हामीले १८ वटा पम्पलाई अन्तै सार्न भनिसकेका छौं तर जग्गा र भनेजस्तो ठाउँ नपाएको भन्दै सञ्चालकहरूले अटेर गर्दै आइरहेका छन्।’ उनका अनुसार बज्रबाराही पम्प (चापागाउँ), टीकाभैरव आयल स्टोर (चापागाउँ), कोतधुकु आयल स्टोर (बालाजु), मायाराम भोलारा आयल स्टोर (थापाथली), श्यामा आयल स्टोर (कलंकी), भ्याली रिकेट आयल स्टोर (गैरीगाउँ) अति जोखिम अवस्थामा रहेको छ ।
नागरिक दैनिकबाट साभार

प्रतिकृया