• १० असोज २०८३, शनिबार
  • २ः०७ दिउँसो

कञ्चनपुरमा विद्यालय खुलेको ६ दिनमै बन्द

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०३:०८

कञ्चनपुर, महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ ।

National Life

विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो ।

महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो । सोमबारदेखि पुनःबन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । उक्त विद्यालयमा १६ सय बढी विद्यार्थी छन । अब माथिल्लो कक्षाका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन गरिने बताइएको छ । विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया