• २९ भदौ २०८३, सोमबार
  • ३ः०५ दिउँसो

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०६:३०

 

National Life

ताप्लेजुङ, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा आज दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका–२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु ४ त ६५४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो । ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्र्याक्टरमा सवार चालक थापाका छोरा पाँच वर्षीय किर्जम थापा भने घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
रासस

प्रतिकृया