• १० भदौ २०८३, बिहीबार
  • ७:३३ बिहान

सांसद आलेद्वारा ब्रेन ट्युमरका बिरामीलाई रु एक लाख

प्रकाशित मिति

२०७७ कार्तिक २९ गते, शनिबार ०५:४४

काठमाडौं, डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले ब्रेन ट्युमर भएर उपचाररत डोटीको बिडकेदार गाउँपालिका–१ रिसडीकी २३ वर्षीया निर्मला मन्नी तथा उहाँका १८ वर्षीय भाइ डबल मन्नीको उपचारका लागि रु एक लाख आर्थिक सहयोग गरेका छन् ।छोराछोरी दुवैलाई ब्रेन ट्युमर भएपछि उपचारका लागि कैलालीमा रहेको आफ्नो जग्गा जमिन सबै बेचेर मन्नीको परिवार अहिले सुकुम्बासी भएको छ । उनीहरुको शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा उपचार भइरहेको छ ।

सांसद आलेमगरले अस्पतालमै गएर बिरामीका आमा कल्पना मन्नीलाई आफ्नो व्यक्तिगत तर्फबाट उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । मृगौला रोग (मिर्गौला क्यान्सर) ले ग्रसित हुँनु भएका उनीहरुका बुवा लक्ष्मण मन्नीको गत वर्ष असोज १४ गते मृत्यु भएपछि छोराछोरीको उपचारका लागि झनै समस्या उत्पन्न भएको नेकपाका नेता तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य माधव रोस्याराले बताए ।

Kamana Sewa

उनले भने, “बुबाको मिर्गौला क्यान्सले मृत्यु भयो, छोराछोरी बिरामी परे सांसद आलेमगरले केही सहयोग गरेपछि अहिले उपचार हुँदैछ, उपचारमा अझै धेरै रकम लाग्ने भएपछि उक्त परिवार निकै पीडामा रछ ।” बुवाको उपचारका लागि पनि सांसद आलेमगरले रु ७५ हजार उपचार सहयोग गर्नुभएको छोरी निर्मलाले जानकारी दिए ।
रासस

Classic Tech Desktop

प्रतिकृया