• ९ भदौ २०८३, बुधबार
  • ६:२९ बेलुका

जिल्ला प्रशासन कार्यलय सुर्खेतमा प्रभु बैंक लि.को एक्स्टेन्सन काउण्टर सञ्चालन

प्रकाशित मिति

२०७७ कार्तिक २७ गते, बिहीबार ०५:१४

काठमाण्डौ, कार्तिक २७ । प्रभु बैंकले आफ्नो सेवाविस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्र नगरनगर पालिका स्थित वडा नं ०७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टर बाटमिति २०७७कार्तिक २७गते देखि कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मागर्न र जिल्ला प्रशासन कार्यलयको कामगर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गरी लाभान्वितहुने बैंकले विश्वास लिएको छ ।

Kamana Sewa

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, २०१ वटा ATM,५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग सेवामार्मापत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया