• १६ असार २०८३, मंगलबार
  • ६:०९ बिहान

नेकपा सचिवालय बैठक शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

प्रकाशित मिति

२०७७ कार्तिक २७ गते, बिहीबार ११:०६

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बैठकबारे सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ ।

आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको हो । बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ ।

Kamana Sewa

नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठक राख्न राजी भएको बुझिएको छ । यसअघि उनले बैठक राख्न अस्वीकार गर्दै आएका थिए । ओलीले बैठक डाक्न नमानेपछि सचिवालयका बहुमत सदस्यले अल्टिमेटम दिएर आफै बैठक राख्ने घोषणा गरेका थिए ।

Classic Tech Desktop

 

प्रतिकृया