• ९ असार २०८३, मंगलबार
  • १०:४१ बेलुका

टोटेनह्याम इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०५:१८

 

काठमाडौं, ह्यारी केनले अन्तिम समयमा गरेको गोलमा टोटेनह्यामले वेष्ट ब्रोमलाई १–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनह्याम लिगको शीर्ष स्थानमा उक्लिएको २०१४ पछि यो पहिलो हो।

Kamana Sewa

खेल सकिन दुई मिनेट बाँकी हुँदा केनले गरेको गोल टोटेनह्यामको जितमा निर्णायक बन्यो। प्रिमियर लिगमा केनको यो १५०औं गोल हो।

Classic Tech Desktop

जितसँगै आठ खेलबाट १७ अंक जोडेको टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको साउथह्याम्पटनले १६ अंक जोडेको छ। समान १६ अंकको लिभरपुल तेस्रो स्थानमा छ। लिभरपुलले आज म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिकृया