• ६ असार २०८३, शनिबार
  • ३:०४ बेलुका

तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०६:२२

 

काठमाडौं, आगामी कार्तिक २२ र २३ मा हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

Kamana Sewa

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा नेपालका एक सय ९० र अरु विभिन्न राष्ट्रका एक सय ७१ खेलाडीले सहभागिता जनाउने संयोजक लामाले बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए । ‘अहिलेको विषम् परिस्थितिमा पनि खेलाडीहरुले उत्साहजनक सहभागिता जनाएका छन्’, प्रतियोगिता संयोजक घिसिङले भने, ‘यसले आगामी दिनमा पनि भब्य कार्यक्रम आयोजना गर्न हौसला दिएको छ ।’

Classic Tech Desktop

 

च्याम्पियनसिपमा हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका खेलाडीले सहभागिता सुनिश्चित गरेको प्रचारप्रसार संयोजक कविराज नेगी लामाले जानकारी दिए ।

 

प्रतिकृया