• १५ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०१:२१

५ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। पार्टीले भोलि साँझ भरतपुरमा केन्द्रीय समितिको बैठक बस्ने तयारी गरेको छ भने असार ७ गते दिउँसो २ बजे उद्घाटन सत्र हुने जनाएको छ।

National Life

उद्घाटन कार्यक्रमलाई भव्य बनाउन चितवनको सांस्कृतिक पहिचान झल्किने विभिन्न जातीय नृत्य तथा प्रस्तुतिहरू पनि समावेश गरिनेछ। उद्घाटन समारोहका लागि भरतपुरको गेस्ट हाउस चौरमा करिब १० हजार जना अट्ने क्षमताको ‘जर्मन ह्याङ्गर’ निर्माण गरिएको छ। मुख्य हलसहित तीन खण्डमा संरचना तयार पारिएको र करिब ५ हजार कुर्सी राख्न मिल्ने व्यवस्था गरिएको छ।

महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी हलमा सञ्चालन गरिनेछ। यसका लागि सम्बन्धित निकायबाट औपचारिक अनुमति प्राप्त भइसकेको जनाइएको छ। पार्टीका अनुसार महाधिवेशनमा १०० केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्यहरू पार्टी संरचनाअनुसार मनोनयन गरिनेछ। मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (ई–भोटिङ) प्रयोग गरिने तयारी पनि गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिहरूको आवास व्यवस्थापन भरतपुर, नारायणगढ, सौराहा, टाँडी, मेघौली र आसपासका होटलहरूमा मिलाइएको छ। प्रतिनिधिहरूले होटल खर्च आफैं बेहोर्नुपर्नेछ भने पार्टीले खाना, खाजा र यातायात (सटल बस) व्यवस्था गर्ने जनाएको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट लेबीसमेत संकलन गरिने तयारी गरिएको छ। करिब ३ हजार प्रतिनिधि र अन्य सहभागी गरी ठूलो संख्यामा सहभागी हुने अपेक्षा गरिएको छ। पार्टीले महाधिवेशनलाई संगठन विस्तार र नीति निर्माणको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

प्रतिकृया