• 10:40 am

ममता राईको ‘तारे भीर’ सार्वजनिक

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ११:४३

tare

काठमाडौं, गायक तथा संगीतकार कृष्णभक्त राई र सुनिता थेगिमको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गीतलाई कृष्णभक्त राई आफैले एरेञ्ज गरेका हुन् । सार्वजनिक ‘तारे भीर’ गीतको भिडियोमा सञ्चारकर्मी शान्तिराज राई र निशा लिम्बूको अभिनय रहेको छ । इन्द्र जीजीबीशाको निर्देशनमा बनेको भिडियोमा दीनेश माङ्मु लिम्बूको कोरियोग्राफी रहेको छ । ममता राई ‘यात्री’को शब्द तथा कृष्ण भक्त राईको संगीतमा ‘तारे भीर’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

मोहन कुमार (झिल्लु) ले छायाङ्कन गरेका ‘तारे भीर’को भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियोलाई गीतकार ममत राईले निर्माण गरेकी हुन् ।

प्रतिकृया