• ९ असोज २०८३, शुक्रबार
  • ४ः०४ बेलुका

बैंगलोरलाई राजस्थानको मध्यम लक्ष्य प्रस्तुत

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०५:४७

एजेन्सी, इन्डियन्स प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १७८ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन जोडेको थियो ।

National Life

राजस्थान रोयल्सका लागि मध्यम सुरुवात गरेका ओपनर ब्याट्सम्यान बेन स्टोक्स र रोविन उथप्पाले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा राजस्थानले छैटौं ओरभमा बेन स्टोक्सलाई १५ रनमा गुमाएको थियो ।

त्यसपछि अर्का ओपनर ब्याट्सम्यान उथप्पा आठौं ओभरको चौथो बलमा युजवेन्द्र चाहलको बलमा पेभिलियन फर्किए । उनले २२ बलको सामना गर्दै ७ चौका र एक छक्काको मद्दतमा ४१ रनको पारी खेलेका थिए । सोही ओभरको पाँचौ बलमा तेस्रो विकेटको रुपमा राजस्थानले सन्जु सामसनलाई गुमाएको थियो । सामसन ९ रनमा आउट भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया