• ९ असोज २०८३, शुक्रबार
  • ५ः३६ बेलुका

मुम्बई आईपीएलको शीर्ष स्थानमा

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०६:४६

एजेन्सी, साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी(ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

National Life

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।

प्रतिकृया