• ८ असोज २०८३, बिहीबार
  • ४ः३७ बिहान

वार्ताको सफलताका लागि अफगान सरकार प्रतिबद्ध छ

प्रकाशित मिति

२०७७ आश्विन २४ गते, शनिबार ०२:१३

अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजकले अफगानिस्तानको सरकारले तालिबानीसँगको वार्ताको सफलताका लागि सक्दो प्रयास गरेको बताएका छन् ।उनले भनेका छन् – देशका शान्ति स्थापना गर्ने कार्यका लागि अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको छ र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता पनि अपनाइएको छ ।

National Life

अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजक मोहम्मद मसुन स्टानेक्जीले अफगानिस्तानको सरकारले शान्ति वार्ताका लागि अपनाएको धैर्यता प्रशंसनीय छ भनेका हुन् । उनले अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले नै सरकारले वार्ताको प्रक्रिया थालेको बताए ।

अफगानिस्तानमा जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्न कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीका प्रतितिधिहरुबीच वार्ता शुरु भएको हो । अफगान वार्ता टोलीका संयोजक मसुनले अफगानिस्तानको सरकारको शान्ति स्थापना गर्ने प्रतिबद्धतालाई कसैले पनि असर पार्न नसक्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् – अफगानिस्तानको सरकारले शान्ति वार्ताका माध्यमबाट अफगानिस्तानमा दिगो शान्ति स्थापना गर्न चाहन्छ र यो प्रतिबद्धताका साथ सरकार लागेको छ ।अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबानी समूहसँगको वार्ता टोली शान्ति वार्ताका लागि अहिले पनि कतारको दोहा रहेका छन् ।अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता थालेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो । अमेरिकाले पनि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने एउटा पहल भएको बताएको छ ।

गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग भएको सम्झौतापछि अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेको थियो र त्यसपछि वार्ताका लागि दुवै पक्ष तयार भएका हुन् ।-एएनआई/Photo: Agency

 

प्रतिकृया