• ७ असोज २०८३, बुधबार
  • ५ः३८ बेलुका

सनराइज बैंकद्वारा नेपाल बालमन्दिरलाई सहयोग

प्रकाशित मिति

२०७७ आश्विन २४ गते, शनिबार ०२:३३

काठमाण्डौ ,सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा बालमन्दिरमा सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार बालमन्दिरलाई सहयोग गरेको हो । बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बालसंगठन, बालमन्दिरका अध्यक्ष श्रीमती विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गरेका छन् ।

National Life

बैंकले सधैझै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद एकलाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकको १३ औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया