• ९ असोज २०८३, शुक्रबार
  • ११ः३० राती

वार्ता अनिश्चितकालसम्म लम्ब्याए डा. केसी

प्रकाशित मिति

२०७७ आश्विन २४ गते, शनिबार ०१:५३

काठमाण्डौ, अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसी पक्षले सरकार समझदारीबाट पछि हटेको बताएको छ।

National Life

केसीको ज्यान जोखिममा परिरहँदा निरन्तर वार्तामा रहँदारहँदै सरकारी पक्ष समझदारीबाट पछि परेको केसी पक्षले बताएको हो। शनिबार बिहान विज्ञप्ति जारी गरी केसी पक्षको वार्ता टोलीले राजनीतिक नेतृत्व पक्षले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न खोजेको बताएको हो।

वार्ता टोलीका अनुसार दुई दिनसम्म वार्ता भइसकेको छ। त्यस क्रममा सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरू, मन्त्रालयहरूलगायतका पदधिकारीहरूसित व्यापक छलफल, परामर्श र गृहकार्य गरेको थियो। दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा. केसीले राखेका माग सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

‘तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त सझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गर्‍यो। त्यसक्रममा अनौपचारिक पहलमार्फत डा. केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो,’ विज्ञप्तिमा भनिएको छ। तर, असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गरेको विज्ञप्तिमा जनाइएको छ।

‘साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो। यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा। केसीको ज्यानै लिने नियत समेत उदांगो भयो,’ केसी पक्षका वार्ता टोली संयोजक जीवन क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

डा. केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आई ज्यानै जान सक्न सम्भावना रहेको उनले बताएका छन्।

‘तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्रिपरिषद्बाट पारित गर्न सरकारसामू जोडदार माग गर्दर्छौं,’ विज्ञप्तिमा छ।

प्रतिकृया