• ११ असोज २०८३, आइतबार
  • २ः१० दिउँसो

गुगलले विश्वका समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने योजना

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०७:१३

काठमाडौं,इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना सामाग्रीहरु गुगलले प्रयोग गर्ने गरेको भन्दै गुगलसँग उचित भुक्तानीको माग गर्दै आएका थिए । गुगलसँग त्यस्तो संघर्ष गर्नेमा युरोपेली मिडियाअरु अग्रपंक्तिमा थिए ।

National Life

गुगलका सिइओ सुन्दर पिचाईले गुगलको उक्त योजना बमोजिम नयाँ प्रडक्ट सार्वजनिक हुँदैछ । गुगल न्यूज शोकेस नामक उक्त सेवा सुरुमा जर्मनीमा लञ्च गरिनेछ । उक्त प्लाटफर्ममा जर्मनीका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु एकै ठाउँ पढ्न सकिनेछ । यसका लागि गुगलले जर्मन पत्रिकाहरु देर स्पाइगेल, स्टेर्न तथा दी चाइतसँग सम्झौता गरिसकेको छ । त्यस्तै ब्राजिलमा पनि फोल्हा दी सेन्ट पाउलो, ब्याण्ड तथा इन्फोबेसँग सम्झौता गरेको छ ।

गुगलका अनुसार यो सेवा जर्मनी र ब्राजिलसँगै बेल्जियम, भारत, नेदरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया, बेलायत तथा क्यानडा लगायतका देशहरुमा सुरु हुनेछ । तथापि अष्ट्रेलिया भने गुगलले अष्ट्रेलियामा विज्ञापन मार्फत् गरेको आम्दानीको हिस्सा स्थानीय मिडियाहरुलाई पनि बाँड्नुपर्ने अडानमा छ । गुगल सिइओ पिचाइले ब्लगमा लेखेका छन्, ‘हाम्रो अहिलेसम्मकै ठूलो यस वित्तीय प्रतिबद्धता अनुसार उच्च गुणस्तरीय सामाग्रीहरु सिर्जना तथा सम्पादन गरी उत्कृष्ट खालको अनलाइन समाचारको अनुभव दिलाउनका लागि प्रकाशकहरुलाई रकम भुक्तानी हुनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

गत वर्ष कूल १ खर्ब ६२ अर्व आम्दानी तथा ३४ अर्ब ३० करोड डलर मुनाफा कमाएको गुगलको मातृ कम्पनी अल्फाबेटका लागि समाचार प्रकाशकहरुलाई गर्ने भुक्तानीको घोषित रकम खासै ठूलो अंक नभएतापनि यसबाट समाचार एजेन्सीहरु लाभान्वित हुने बताइएको छ ।जर्मन पत्रिका स्पाइगेलले गुगलको यस्तो कदमको स्वागत गरिसकेको छ । गुगलको यस्तो कदमले ऊ जर्मनीमा गुणस्तरीय पत्रिकारितालाई सहयोग गर्न गम्भीर छ भन्ने देखाएको स्पाइगेलको भनाइ छ ।

त्यस्तै गुगलविरुद्ध कारवाहीका लागि यसअघि युरोपेली युनियन समक्ष निवेदन दिएको न्यूज कर्प पनि गुगलको यस परियोजनाबाट उत्साही बनेको छ । गुगलले एन्ड्रोइड तथा एप्पल डिभाइसमा समेत गुगल न्यूज मार्फत् उक्त फिचर सुरु गर्नेछ । जसमा प्रकाशकहरुले गुगल न्यूजमा आफ्ना कुन–कुन सामाग्री हाइलाइट गरेर प्रस्तुत गर्ने भन्ने छनोट गर्न सक्नेछन् ।समाचार एजेन्सीहरुलाई आर्थिक सहयोग गरी एक प्रकारको प्रायोजन गर्ने गुगलको कदमप्रति अन्य इन्टरनेट प्रकाशकहरुले भने असन्तुष्टि जनाएका छन् । खासगरी मौसम सम्बन्धी जानकारी दिने तथा परिकार सम्बन्धी जानकारी दिने वेबसाइटहरुले गुगलको यस्तो कदमले आफूहरुको आम्दानीमा नकारात्मक असर पर्ने जनाएका छन् ।एजेन्सी

प्रतिकृया