• १० असार २०८३, बुधबार
  • ४:४० बिहान

नक्कल धेरै, वास्तविकता कम नेपाली वास्तु ज्ञान

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०२:०८

काठमाडौं, केही समय अघिसम्म पोखरामा बन्ने घरहरु सबै दक्षिण मोहोडा फर्किएका हुन्थे । पुरानो नेपाली वास्तुशास्त्र अनुसार हिमालको काखमा रहेको पोखरामा बन्ने घरलाई हिमालको सिरेटो छेक्नको लागि पनि दक्षिण मोहोडा फर्काउने गरिन्थ्यो । तर अहिलेको वास्तु बदलिएको छ ।

हिमाली जिल्लामा भवन निर्माणसंहिताको नाममा हिउँ संकलन भएर घरलाई ६ महिनासम्म थप भारमा राख्ने धेरै नेपालीले घर बनाउनुपूर्व इशान, नैऋत्य, वायव्यादि कोणमा के के राख्ने भनेर वास्तु शास्त्रीसँग परामर्श लिने गर्छन् । वास्तवमा वास्तु शास्त्रले कुनै पनि ठाउँको हावापानी र त्यहाँको पर्यावरणीय अवस्थितिलाई हेरेर विश्लेषण गर्ने गर्छ । तर के हाम्रो वास्तु शास्त्र मौलिक वातावरण सुहाउँदो छ त

Kamana Sewa

पञ्च महाभूत९पृथ्वी, जल, तेज, वायु र आकाश० को शक्तिको बारेमा अध्ययन गर्ने वास्तुशास्त्रको सिप स्थानअनुसार फरक हन्छ । यही शैलीलाई हामीले पुराप्राचीन कालदेखि अपनाउँदै आयौं । मध्यकालसम्म पनि यस्ता वास्तु शास्त्रहरु नेपाली विद्वानहरुले नै अनुभव र तपस्याबाट सिकेर लेख्ने गर्थे । तर अहिले हामीले आन्द्र प्रदेशको वास्तुशास्त्रलाई हिमालय पर्वतको फेदीमा व्यवहारमा ल्याउन खोजेर उचित काम नगरिरहेको जानकारहरु बताउँछन् ।

Classic Tech Desktop

वास्तुशास्त्रका जानकार समेत रहेका नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक जयन्त आचार्य एक्सिस बिस्तारै चेन्ज हुँदै जाने भएकोले समयसमयमा वास्तु शास्त्र पनि परिवर्तन हुनुपर्ने बताउँछन् ।

आचार्यका अनुसार ७२ वर्षमा एक डिग्रीको दरमा एक्सिस परिवर्तन हुने गर्छ । त्यसैले पृथ्वीको कुन भागमा बसेर विश्लेषण गरिएको छ सो को आधारमा वास्तु परिवर्तन हुने गर्छ । ‘नेपाल र अस्ट्रेलियाको वास्तु कुनै पनि हालतमा मिल्दैन । यो ठाउँ अनुसार फरक हुने गर्छ ।’ उनले भने । आचार्य अहिले नेपालका लागि मुहूर्तचिन्तामणिको वास्तु प्रकरणमा उल्लेख रहेको वास्तु ज्ञान नेपालको वातावरणसँग मिल्छ ।

भारतको आन्द्र प्रदेश पृथ्वीको ८०’६४ डिग्री पूर्वी देशान्तरमा अवस्थित छ भने नेपाल ८८’१२ डिग्री पूर्वी देशान्तरमा अवस्थित छ । सूर्यको किरण पर्ने डिग्री नै एउटै नभएपछि वास्तुकलाको एउटा प्रमुख हिस्सामा कमी आउने बताउँछन् वास्तु शास्त्रका जानकार कुलराज चालिसे । उनी नेपालको वास्तु नै उद्यमशीलताको लागि उपयुक्त नरहेको उनको जिकिर छ ।

‘वास्तु शास्त्रमा अझैसम्म पनि हामी आन्द्र प्रदेशको वास्तु शिक्षामा आधारित छौं’ उनी भन्छन् ‘जहाँको हामीसँग वातावरण नै मिल्दैन, जहाँको र हाम्रो सूर्य यहाँ आउने समय नै मिल्दैन, त्यहाँको वास्तुशिक्षालाई हामीेले स्वीकारेसम्म नेपाल उद्यमशीलता र अरू विषयमा समेत समुन्नत बन्न सक्दैन ।

चालिसे कुनै पनि मुलुकको समृद्धिमा समेत सो मुलुकको वास्तुले महत्व राख्ने उनी बताउँछन् । वास्तु भनेको ऊर्जाको व्यवस्थापन पनि हो । त्यसैले ऊर्जालाई व्यवस्थापन गर्न सकेको चीनको आर्थिक प्रगति र नेपालको कमजोर आर्थिक अवस्था त्यही गलत वास्तुको दोष रहेको समेत उनी बताउँछन् ।

वास्तुको असर बनारस र त्यसको पारिपट्टिको बस्तीबाट पनि देख्न सकिन्छ । उत्तर बाहिनी भएकै कारण विकसित विकसित बनेको वनारसको सम्मुखमा रहेको अर्को बस्ती भने दक्षिण फर्किएको छ, जुन विकासमा निकै पछि छ ।

अहिले नेपालमा उत्तरपूर्व इसान कोणमा खुल्ला राख्ने, आग्नेय कोणमा चुलो राख्ने, पानीलाई नैऋत्य कोणबाट वायव्य कोण हुँदै ईशान कोणतिर बगाउने जस्ता वास्तुको ज्ञान छ । ती सबै दक्षिण भारतको वास्तु ज्ञानलाई हुबहु व्यवहारमा ल्याइएको ज्ञान भएकोले यो नेपालका लागि उपयुक्त नरहेको चालिसे बताउँछन् ।

उनी भन्छन् ‘त्यो गर्मी ठाउँको वास्तुलाई यहाँको चिस्यानले मान्दैन, अर्को त सूर्यको डिग्री पनि मिल्दैन, त्यसैले नेपालमा हाल प्रचलित वास्तुकलाका पण्डितहरुले सिकेको वास्तुको स्रोत नै नेपालको लागि उपयुक्त खालको छैन ।’

आचार्यको मत अनुसार हिन्दी भाषामा वास्तु सम्बन्धी धेरै पुस्तक सहजै पाउने र नेपालीमा पुस्तक पाउन कठिन रहेकोले हिन्दी पुस्तक हेरेर धेरैले व्याख्या गर्ने गरेका छन् ।

प्रतिकृया