• १० असार २०८३, बुधबार
  • २:०३ बिहान

बालगोपालेश्वर मन्दिरमा राखियो सुनको गजुर

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०१:४४

काठमाडौं , रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा सनुको गजुर राखिएको छ। बिहान साढे १० बजेको साइतमा ३२ तोला भन्दा बढी सुनको जलपसहित मन्दिरमा गजुर राखिएको हो।

बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट शिखर शैलीमै पुनर्निर्माण गरिएको छ। बिहान ८ बजे देखि मन्दिरमा पूजा गरिएको थियो। मन्दिरमा गजुर राख्ने साइत साढे १० बजे रहेकोले उक्त साइतमा गजुर राखिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए। उनकाअनुसार मन्दिर निर्माण अन्तिम चरणमा पुगिसकेको छ।

Kamana Sewa

सरसफाइ बाँकी रहेको छ, मन्दिरमा रङ्गरोगन मात्र बाँकी छ। रानीपोखरी र मन्दिर निर्माणमा अहिले सम्म २५ करोड खर्च भइसकेको उनले बताए। विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणको सुरुवात रानीपोखरीबाट गरिएको थियो।

Classic Tech Desktop

भूकम्प गएको १० महिनापछि अर्थात् माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गरेकी थिइन्। प्राधिकरणले मन्दिर निर्माणका लागि रु १४ करोड २७ हजार ५५७ मा ठेक्का र उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँधमा कालो माटो राख्ने र वरपरका क्षेत्रमा पर्खाल लगाउने कार्यका लागि रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ।

 

 

प्रतिकृया