• ११ असोज २०८३, आइतबार
  • ६ः५४ बेलुका

पहिरामा परेर एकको मृत्यु

प्रकाशित मिति

२०७७ आश्विन ७ गते, बुधबार १२:२७

मकवानपुर, काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।

National Life

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मृतक चालकको सनाखत भएको छैन ।

प्रवक्ता रानाका अनुसार सोही पहिरामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेको नाम खुलेको छैन । उक्त पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पु¥याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया