बाढी पीडितका लागि राहत सामग्री
प्रकाशित मिति
२०७७ आश्विन ७ गते, बुधबार १२:११
परासी, नेपाल–भारत महिलामैत्री समाजले नवलपरासी९बर्दघाट–सुस्ता पश्चिम०का बाढी प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ । भारत सरकारको सहयोगमा समाजले जिल्लाको सरावल र प्रतापपुर गाउँपालिकाका २६५ परिवारलाई आवश्यक टेण्ट र त्रिपाल हस्तान्तरण गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत १६० थान त्रिपाल र १०५ थान टेण्टसम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । उक्त राहत सामग्री सरावल–६ का ९० घरपरिवारलाई ४५÷४५ थान तथा ७ नं वडाका ६० घरपरिवारका लागि ३०र३० थान का दरले टेण्ट र त्रिपाल वितरण गरिने छ ।
यस्तै प्रतापपुर–३ का ६० घरपरिवारलाई ३०र३० थान टेण्ट र त्रिपाल वितरण गरिने समाजका प्रदेश नं ५ समन्वयकर्ता अङ्गद यादवले जानकारी दिनुभयो । बाँकी रहेको सामग्री संस्थाले आवश्यकता हेरी वितरण गर्नेछ । राहत सामग्री समाजकी राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुु चौधरीलाई हस्तान्तरण गर्नुभयो ।
भारत सरकारले उपलब्ध गराएको ५०० थान टेण्ट र ८०० थान त्रिपाल समाजले नेपाल सरकारको स्वीकृतिमा बाढी तथा पहिरोबाट प्रभावित सिन्धुपाल्चोक, महोत्तरी, सर्लाही, कैलाली र नवलपरासीका नागरिकलाई हस्तान्तरण गरेको सांसद चौधरीले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले डुबानका कारण विस्थापित हुन पुगेका नागरिकलाई आश्रम स्थलको अभावमा अस्थायी आश्रय स्थलको रुपमा संरक्षण गर्न प्राप्त राहत सामग्री महत्वपूर्ण हुने बताउनुभयो ।
स्थानीय झरही र धनेवा खोला तथा गण्डक नहरका कारण जिल्लाको सरावल, प्रतापपुर, पाल्हीनन्दन गाउँँपालिका बाढीको जोखिममा रहेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी बताउनुहुन्छ । नदीको निकास नहुँदा विगत ७० वर्षदेखि डुबानको समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुु चौधरीले बाढी प्रभावितका लागि अत्यन्त आवश्यक राहत सामग्री उपलब्ध गराईएको भन्दै थप सहयोगको समेत अपेक्षा गरिएको बताउनुभयो । समाजले विगत ८ वर्षदेखि राहत वितरण तथा महिला शसक्तीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।
रासस








प्रतिकृया