• १५:१३ २०८० चैत्र १६ गते
  • 3:13 pm

लकडाउन र मेरो अनुभव

प्रकाशित मिति

२०७७ आश्विन ५ गते, सोमबार ०४:४१

119797937 3391211630964133 3292926982338827485 n

लकडाउन ! मेरो स्कुल पढे देखीको सबै भन्दा लामो दुरी – स्कुल संग रसाथीहरु संग भयो, पहिलो महिना त मलाई रमाइलो, खुसी लाग्थ्यो, विद्यालय छुटी छ , गृहकार्य छैन, शिक्षक गाली गर्न ुहु्र्रन्न तर सधैँ यस्तो हुदैन रहेछ ।

म अब विद्यालय सम्झदै छु । विद्यालयमा रहेका मेरा साथीहरु, मेरा शिक्षक शिक्षिकाहरु, मेरा कक्षाकोठा, विद्यालयको वातावरण आदि सबैलाई सम्झेर दिन बिताउदै छु । यो लकडाउन मेरा लागि एक प्रकारको छुट्टै अनुभव थियो । मेरो बाबा बैकंमा काम गर्ने भएकाले बिहान चाढै्रँ जानुहुन्थ्यो र बेलुका ढिलो आउनु हुन्थ्यो । म पनि कक्षा १० मा अध्ययन गर्ने भएकाले तेति समय परिवारसंग बिताउन पाउदिनथे । तर यो लकडाउनमा म मेरो धेरै भन्दा धेरै समय मेरो परिवारसंग बिताउन पाए । लकडाउनले मेरो सधै गरे बानी त बिग्रेको थियो तर मैले मेरी आमासंग मिलेर खाना बनाउन सिकेको छु । बाबासंग दिनदिनै बिहान सबेरै उठेर व्यायाम गर्न सिकेको छु । तेति मात्र नभएर बुबाआमासंग मिलेर हामीले खेती पनि गरेका छौँ ।

मेरो घर अगाडिको सानो बारीमा हामीले करेला, लौका , काक्रो, फर्सी आदि फलाएर ताजा तरकारी खान पाएका छौ्र्रँ । आफ्नो परिवारसँग यसरी दिन बिताउनु रमाइलो हुदो रहेछ भन्ने अनुभव मैले यो लकडाउनले बाट पाएकी छु । विद्यालयलाई पनि म सधै सम्झन्छु । म घरमा पनि मेरो आमाबुबास्रँग धेरै व्यवहारिक र पुस्तकको ज्ञान त सकिरहेको छु । तर आफै पढनु र शिक्षकको मद्दतले पढनुमा धेरै फरक हुदो रहेछ । कक्षामा मलाई जिज्ञासा लागेको प्रश्न सहि होस् या गलत म सोधि हाल्थे तर घरमा आफ्नो जिज्ञासा सोध्न नमिल्नु ? तर हुन्छन् नी भोगेको मानिसको अनुभव सुन्न बेग्लै रमाइलो हुन्छ । पहिलो म मेरो दिनको नौ घण्टा विद्यालयमा बिताउथेँ तर आजभोलि धेरै भए ३ घण्टा तेहि नि विद्यालयको जस्तो अनुभव मात्र, घरमै बसेर अनलाइन कक्षा मा पढेर ।

नहुनु भन्दा थोरै हुनु बेस भने जस्तै ३ घण्टा जति पनि शिक्षकसँग पढ्न पाउँछु, साथीहरुसँग बोल्न पाउछु तर यो अनलाइन कक्षा विद्यालयमा पढे जस्तो हुन्न । विद्यार्थीका लागि विद्यालयको वातावरण नै सबै भन्दा राम्रो हुन्छ । पढ्नको लागि त्यहि भएर म मेरो विद्यालय हरेक दिन सम्झन्छु । यो लकडाउनमा मैले गर्मीको अनुभव देखि बर्खाको अनुभव पनि लिएको छु । गर्मीको महिनाको पोल्ने घाम त्यसमा चिसो बरफ र बर्खा महिनामा आफ्नो शिरक उडेर निद«ाको अनुभव मेरो एकदमै प्यारो छ । गाडीहरु नचल्ने भएकाले खाली सडक, हराबरा पहाड, र चराहरु मिठो गीतको अनुभव पनि म बिर्सनै सक्दिन । सहरमा बस्नेहरुका लागि प्रक्कै नै यो बिर्सनै नसकिने अनुभव हो । अनि म मेरो सबैभन्दा धेरै समय बिताउने ‘इटरनेट’ । इटरनेट ज्ञान मनोरञ्जनको भन्डार । मैले लकडाउनमा खबरको बारेमा जिज्ञासा राख्न सिकेको छु । म आजभोलि हरेक दिन देश विदेशका खबर हेर्छु । त्यै नि म आ–आफ्नो कोठामा बसेर ।

हो हरेक कुराको राम्रो र नराम्रो असर हु्रन्छ । हामीले इन्टरनेटको माध्यमबाट ज्ञानका कुरा लिन सक्छौँ, व्यायम, नाचँ, खाना पकाउन कागजकार्य आदि सिक्न सक्छौँ त्यति मात्र नभई आफ्नै कक्षा किताबको ज्ञान बिभिन्न शिक्षकहरुसंग लिन सक्छौ त्यही भएर म सबैलाई इ्र्रन्टरनेटको सहि उपयोग गरौ र बिदामा पनि घर बसेर धेरै कुरा सिकौ भन्न चहान्छु ।मेरो परिवारको आर्थिक स्थीती राम्रो छ । त्यही भएर हामिलाई लकडाउनमा पनि केही असर परेको छैन तर नेपालमा धेरै परिवार दैनिक काम गरेर घर चलाउनेहरु पनि छन् । उहाँहरुको दुख देख्दा मलाई नराम्रो लाग्थ्यो त्यही भएर चाडो भन्दा चाडो लकडाउनको विकल्प सहित सामान्य जनजिबनमा हामी फर्कन सकौ भन्ने कामना गर्दछौ ।
रेजिला दहाल
कक्षाः १०
शंकर नेशनल ई. सेकेण्डरी स्कुल

प्रतिकृया