• १४:१७ २०८० चैत्र १६ गते
  • 2:17 pm

गए राति फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप

प्रकाशित मिति

२०७७ आश्विन २ गते, शुक्रबार ०४:१९

facebook instagram faRqqe2U1Q

एजेन्सी,गए राति फेसबुक र इन्टाग्रामको सर्भर डाउन भएका कारण संसारभरका धेरै प्रयोगकर्ताले यी प्लेफर्ममा लग–इन गर्न पाएनन् । यसबारे प्रयोगकर्ताले मज्जाले ट्वीटरमा भडास पोखेका छन् । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको जासुसी गरेको आरोप पनि लागेको छ । फेसबुकले यसका लागि फोन क्यामेराको प्रयोग गरेको आरोप लगाइएको छ ।

मिडिया रिर्पोटस् अनुसार जब आईफोन प्रयोगकर्ता फोटो शेयरिङ एप इन्स्टाग्राममा सक्रिय हुँदैन थिए, तब पनि उनीहरुको फोनको क्यामेरासँग इन्स्टाग्रामको एक्सेस भएको देखिन्थ्यों । यद्यपी, फेसबुकले यी सबै आरोपको खण्डन गरेको छ ।

के हो घटना ?

सान फ्रान्सिस्कोस्थित अदालतमा बिहीबार दायर उजूरीमा न्यु जर्सीकी इन्स्टाग्राम प्रयोगकर्ता ब्रिटनी कान्डिटीले भिनन्, ‘जाने बुझेरै एपको क्यामेराको उपयोग गरिएको छ । प्रयोगकर्ताका जरुरी र महत्त्वपूर्ण डाटा संकलन गर्नका लागि यो सबै गरिएको छ, अन्यथा क्यामेराको एक्सेस कसैले गर्नेछैन ।’

के हुँदैछ ?

कान्डिटी र इन्स्टाग्रामबीचको यो मुद्दा सान फ्रान्सिस्कोको जिल्ला न्यायालयको हो । प्रयोगकर्ताको घरको व्यक्तिगत र निजी डाटा प्राप्त गर्नका लागि यस्तो गरिएको उजूरीकर्ताको आरोप छ । फेसबुक र इन्स्टाग्राम यस्तो गर्न सक्षम छन् । यद्यपी, यस विषयमा टिप्पणी गर्न फेसबुकले अस्विकार गरेको छ ।

सधैँ विवादित

फेसबुकविरुद्ध यसअघि पनि विभिन्न आरोप लागिसकेको छ । यसअघि फेसबुकअन्तर्गतका सबै कम्पनीले प्रयोगकर्ताको अनुमति बिना उनीहरुको बायोमेट्रिक डाटा संकलन गरेको भन्दै अमेरिकाको अदालतमा मुद्दा परेको थियो । प्रयोगकर्ताको डाटा सुरक्षित नराखेको पाइएपछि बेलायतको डाटा नियामक संस्थाले फेसबुकमाथि यसै वर्ष ५ लाख पाउन्ड जरिवाना लगाएको थियो ।

स्रोत : दैनिक भास्कर

प्रतिकृया