• ४ साउन २०८३, सोमबार
  • १०:२९ बेलुका

उज्यालोका सहायक, विद्युतका नायक (घिसिङ)

प्रकाशित मिति

२०७७ आश्विन १ गते, बिहीबार १०:२३

लक्ष्मण प्रसाद खतिवडा-कुलमान घिसिङ वि.सं. २०७३ भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गर्दा हामीले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्दै आएका थियौं ।

उनको नियुक्तिपछि नै विस्तार विस्तारै सबै क्षेत्रमा लोडसेडिङ अन्त्य भएको हो । देशलाई लोडसेडिङबाट मुक्त गराएर हरेकको घरमा उज्यालो भित्र्याउन सफल उनलाई विद्युतका नायक नै मानिन्छ ।

Kamana Sewa

घिसिङ चार वर्षे आफ्नो कार्यकाल सफल रुपमा पूरा गरी विदा भएका छन् । तरपनि उनको कार्यकाल सकिनै लाग्दादेखि नै जनस्तरबाट पुनस् एक कार्यकाल उनलाई नै निरन्तरता दिनुपर्ने माग उठेको थियो । यसैबीच विभिन्न संचार माध्यम र सामाजिक संजालमा समेत उनलाई अर्को कार्यकालका लागि पुनर्नियुक्ति गरेको भन्ने गलत समाचारहरु सम्प्रेषण भएका थिए ।

Classic Tech Desktop

घिसिङको पुनर्नियुक्तिको खबर पढ्न आँतुर जनताले सामाजिक संजाल देखि सडकबाट समेत उनलाई निरन्तरता दिन दबाब दिइरहँदा पनि उनको पुनर्नियुक्ति नहुँदा नागरिकहरु पुनस् सडकमा उत्रिएका छन् । यसरी एउटा व्यक्तिको पुनर्नियुक्तिको विषयलाई लिएर नागरिकहरु स्वतस्फूर्त उत्री प्रदर्शन गर्नु उनीप्रतिको भरोसा नै भन्न सकिन्छ ।

काम गर्नेले यो समाजमा सधै लोकप्रियता पाउँछ नै । कामप्रतिको इमान्दारिता, लगनशीलता एवं मेहनतको फलस्वरुप नै नागरिकहरुले विश्वास गरी उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउनुपर्ने माग उठाएका
हुन् । हुनपनि उनकै कारण प्राधिकरण नयाँ उचाइमा पुगेको छ । उनले नै घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याएका छन् भने विद्युत चुहावटलाई समेत न्यूनीकरण गराएका छन् ।

उनकै पालामा भूमिगत तार बिछ्याउने कार्य, स्मार्ट मिटर जडान गर्ने कार्यको थालनी समेत भएको छ । यसको साथै प्राधिकरणको इतिहासमै पहिलोपटक उपभोक्ताको विद्युत महशुल घटेको छ । यसरी महशुल घट्नु हाम्रो लागि खुशीको कुरा नै हो । यति मात्र कहाँ हो र रु उनले प्राधिकरणको चौतर्फि सुधार गरी नेपालीको उज्यालोका सहायक बन्न सफल भएका हुन् ।

घिसिङको मेहनतको फलस्वरुप प्राधिकरणको गरिमा त बढेको छ । यसको साथै सही व्यक्ति सही स्थानमा छनोट गर्न सकियो भने आफ्ना नागरिकहरुलाई सेवा दिने उद्धेश्यले सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानहरु समेत जनतालाई उचित सेवा दिई नाफामा समेत जान सक्छन् भन्ने शिक्षा दिएको छ ।

हुनपनि कुनै बेला आफ्ना कर्मचारीहरुलाई तलव खुवाउन समेत सरकारको भर पर्नुपर्ने अवस्थामा पुगेको प्राधिकरणलाई घिसिङले आफ्नो कार्यकालमा नयाँ उचाईमा पुर्याउँदै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी खुद नाफा कमाउने संस्थानको रुपमा स्थापित गर्न सफल बनाएका छन् । त्यसैले उनीले निरन्तरता दिन चाहेमा पुनः एक कार्यकाल निरन्तरता दिनु नै अहिलेको लागि उपयुक्त देखिन्छ ।

जसबाट प्राधिकरणका पूरा गर्न बाँकी रहेका कार्यहरु पनि पूरा भै हामी सधैंको लागि विद्युतमा आत्मनिर्भर बन्न सक्छौं । सम्बन्धित पक्षले बेलैमा सोची उज्यालो र समृद्ध नेपाल निर्माणको लागि उचित निर्णय होस् ।

 

प्रतिकृया