• २ असोज २०८३, शुक्रबार
  • ४ः४५ बेलुका

कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु

प्रकाशित मिति

२०७७ भाद्र ३१ गते, बुधबार १०:४९

काठमाडौँ, गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो ।

National Life

त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको मर्मत भइसकेकाले कलङ्कीदेखि नागढुङ्गा खण्डमा मर्मत भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । “यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ”, प्रमुख अधिकारीले भन्नुभयो, “यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।”

यो सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो । पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा चावहिल–साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उपलब्ध चौडाइमा मात्रै सडक निर्माण गर्दा झण्डै आधा लम्बाइमा मापण्डानुसार चौडाई कायम भएको छ । मापदण्डानुसार २२ मिटर चौडाई कायम भएका स्थानमा मात्रै आयोजनाले दुबैतर्फ हिमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाई कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ ।
रासस

प्रतिकृया