• १६:३१ २०८० चैत्र १६ गते
  • 4:31 pm

अब फेसबुकमै इन्स्टाग्राम स्टोरिज हेर्न सकिने

प्रकाशित मिति

२०७७ भाद्र २४ गते, बुधबार ११:१५

insta

एजेन्सी,केही वर्षयता फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र कम्पनीका अन्य लोकप्रिय सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने बताउँदै आएका छन् ।

गत महिना मात्रै फेसबुकले उसको एन्ड्रोइड तथा आईओएस एपमा मेसेन्जर च्याट र इन्स्टाग्राम डाइरेक्ट मेसेजलाई मर्ज गर्ने प्रयास सुरु गर्‍यो । उक्त मर्जरमा निकट भविष्यमा ह्वाट्सएप पनि जोडिने बताइएको छ । र, अबचाहिँ फेसबुकले यस्तो फिचरको परीक्षण सुरु गरेका छ जसबाट इन्स्टाग्राममा पोष्ट गरिएका सामग्रीहरु फेसबुकबाटै हेर्न सकिनेछ । फेसबुकले हालै यो फिचर केही फेसबुक प्रयोगकर्ताहरुका लागि परीक्षणका रुपमा उपलब्ध गराएको हो । जसमा प्रयोगकर्ताले आफ्ना इन्स्टाग्राम स्टोरिज फेसबुक एपबाटै हेर्न पाउँदछन् ।

फेसबुकले लामो समयदेखि फेसबुकका पोष्टहरु इन्स्टाग्राममा र इन्स्टाग्रामका पोष्टहरु फेसबुकमा शेयर गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएकोमा फेसबुक एपबाटै इन्स्टाग्राम स्टोरिज हेर्न मिल्ने बनाउन लागेको हो ।

फेसबुकमा देखिने स्टोरिज इन्स्टाग्रामको हो कि फेसबुकको हो भन्ने कुरा प्रोफाइल फोटोलाई घेरिएको रङबाट छुट्टिनेछ । फेसबुक स्टोरिजमा निलो घेरा हुन्छ भने इन्स्टाग्राम स्टोरिजमा एप आइकनकै जस्तो गुलावी सुन्तला रङ हुनेछ ।

आफ्नो इन्स्टाग्रामलाई फेसबुक अकाउन्टसँग लिंक गराएका प्रयोगकर्ताका इन्स्टाग्राम फलोअर्सहरुले मात्र आफूले फलो गरेका व्यक्तिको इन्स्टाग्राम स्टोरिज फेसबुकमा देख्न पाउनेछन् । त्यस्तै फेसबुकमा साथी भएका तर इन्स्टाग्राममा फलो नगरेका मानिसहरुले फेसबुकमा इन्स्टाग्रामको स्टोरिज देख्ने छैनन् ।

सीमित प्रयोगकर्ताका बीचमा यो परीक्षण जारी रहेको भन्दै फेसबुकले प्रयोगकर्ताहरुको पृष्ठपोषण ग्रहण गरिरहेको जनाएको छ । साथै फेसबुकले यो नयाँ फिचरले विद्यमान सबै खालका प्राइभेसी सेटिंग्सलाई कायम राखेको पनि जनाएको छ । जसमा इन्स्टाग्राम प्रयोगकर्ताका लागि आफ्ना स्टोरिज फेसबुकमा देखाउने कि नदेखाउने भन्ने अप्सन रहनेछ ।

यो पछिल्लो कदमलाई आफ्ना सोसल मिडिया प्लाटर्फमहरुलाई नजिक ल्याउने फेसबुकको अर्को एक महत्वपूर्ण कदम ठानिएको छ ।

प्रतिकृया